ताजा समाचार:
Search

प्राकृतिक विपद् र महामारीमा करिब सवा करोडको पशुधनको क्षति

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ भदौ ।
म्याग्दीमा प्राकृतिक विपद् र महामारीका कारण पछिल्लो छ महिनायता करिब सवा एक करोड बराबरको पशुधनको क्षति भएको छ ।

झुसीलकिराको महामारी, बाढी, पहिरो र चट्याङ्ले ७५ जना कृषकहरुले पालेका एक करोड एक करोड बिस लाख ६७ हजार रुपैयाँ बराबरको पशुधनको क्षत्ती गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

?

ताकमबाट घटनास्थल पुगेको प्रहरी र पशु सेवा केन्द्रका प्राबिधिकहरुको टोलीले सो क्षत्तीको मूल्याङ्कन गरि जिल्ला विपद् ब्यवस्थापन समिति र पशु सेवा कार्यालयलाई प्रतिवेदन बुझाएका छन् । पुरानबुकी खर्कमा ४३ वर्ष पहिला पनि चट्याङ परेर क्षति गरेको थियो ।
यसैगरी चिमखोला, दग्नाम र बेग गाविसको जंगल क्षेत्रमा गत फागुन र चैत महिनामा देखिएको झुसीलकिराको प्रकोपका कारण ६५ जना कृषकको करिब सात सय पशु चौपाया मर्दा एक करोड छ लाख ७२ हजार रुपैयाँ बराबरको क्षत्ती भएको थियो ।

जंगलमा फैलीएको झुसीलकिरा घाँससंगै खाँदा पेट सुन्निने, धाडीने लक्ष्य देखिएर भेडाबाख्रा, भैसी, गाईगोरु र खच्चड मरेका थिए । यसैगरी जेठ ३२ गते रातीको बाढीले अर्थुङ्गेका चित्रबहादुर बरुवालको कुखुरा फार्ममा क्षत्ती पु¥याएको थियो ।

पिडित कृषकहरुलाई जिल्ला विपद् ब्यवस्थापन समितिबाट निर्णय गरि क्षत्तीपूर्तीका लागि पशु पंक्षि विकास मन्त्रालयमा सिफारीस गरीएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताउनुभयो ।

उहाँका अनुसार म्याग्दीका कृषकहरुले पशु बिमा नगर्दा प्राकृतिक, रोग र विपद्का कारणले पशुधनको क्षत्ती भएको अवस्थामा ठूलो हानी नोक्सानी ब्यहोर्न बाध्य भएका छन् । पशु बिमा गरेको अवस्थामा पशुधनको नोक्सानी हुँदा बिमा पाउने र ब्यवसायलाई निरन्तरता दिन सकिने सुबिधा रहेकोपनि कृषकहरुको आकर्षण बढ्न सकेको छैन् ।