ताजा समाचार:
Search

राष्ट्रियता जोगाउनका लागि आन्दोलन ः विद्यार्थी नेताहरु

विकल्प न्यूज//बेनी
भदौ ७ गते ।
नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय नेताहरुले देशको राष्ट्रियता जोगाउनका लागि आन्दोलन गर्ने बताएका छन् । अनेरास्ववियु मूल प्रारम्भिक कमिटी म्याग्दी बहुमुखी क्याम्पस र जिल्ला कमिटी म्याग्दीले मङ्गलबार संयुक्तरुपमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिव समिक बडालले वर्तमान सरकारले देशको राष्ट्रियतामाथी खलल पार्ने तरिकाले काम गर्न थालेकाले त्यसका लागि अनेरास्ववियुले आन्दोलन गर्ने बताए । उनले तीज पर्वलाई नेपाली मौलिकताअनुसार मनाउन र यसको परम्परा जोगाउन विद्यार्थी वर्ग सचेत हुनुपर्ने बताएका थिए । 14095868_1764434490480388_2176862369238165849_nसोही कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं महिला विभाग प्रमुख सम्झना अधिकारीले केपी ओली नेतृत्वको सरकारले गरेका राष्ट्रिय हित र गौरवका काम तथा विद्यार्थीको पक्षमा भएका कामलाई अनेरास्ववियुले निरन्तरता दिन दवाव दिने बताइन् । उनले २१औं शताब्दीका महिला दिदीबहिनीहरु ब्रत बस्दैमा समाज परिवर्तन नहुने भन्दै समाजमा घट्ने हिंसा न्युनीकरणमा सबै एक हुनुपर्नेमा जोड दिएकी छिन् । 14054935_1764434693813701_2405552278423184023_nअनेरास्ववियुका सचिवालय सदस्य नरेश रोकायाले अब देशमा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै देशलाई समृद्ध बनाउन र शिक्षामा आमूल परिवर्तन ल्याउन अनेरास्ववियुले योजना बनाउने बताए ।
अर्का सचिवालय सदस्य जेनिश लामाले नेपालको वर्तमान शिक्षालाई परिवर्तन नगरेसम्म देश समृद्ध बन्न नसक्ने भएकाले अनेरास्ववियु लागिपरेको बताए । अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले देशको राष्ट्रियता जोगाउनका लागि एमालले सदन र विद्यार्थीले सडक तताउने बताएका छन् ।
नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तीजगीत प्रतियोगीता, दरखाने कार्यक्रम, स्वागत, सम्मान र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लोकगायक अमित विश्वकर्मा, ध्रुब जिसी, जीवन कार्की, सज्जन बोहोरा र हाँस्यकलाकार रवि कार्कीले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । यसैगरी विद्यार्थीहरुले प्रतियोगी तथा अप्रतियोगी तीजगीत, नृत्य र साहित्य प्रस्तुत गरेका थिए । 14063970_1764432383813932_5467772431240532204_nकार्यक्रमको अवसरमा सहभागी सबैलाई दर समेत खुवाइएको थियो । कार्यक्रममा अनेरास्ववियु म्याग्दीका भूतपूर्व अध्यक्ष रुद्र किसान, वर्तमान सहसचिव श्यामसुन्दर कँडेल, महिला विभाग प्रमुख सावित्री केसीले मन्तव्य राखेका थिए । कार्यक्रम अनेरास्ववियु क्याम्पस मूल प्राक उपाध्यक्ष सन्जोग कार्कीको अध्यक्षता, सचिव ईश्वर सुवेदीको सञ्चालन र सदस्य नवीन पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।