ताजा समाचार:
Search

म्याग्दीमा बिमा प्रती आकर्षण बढ्दो

सन्तोष गौतम/विकल्प न्यूज
भदौ ७ गते ।
म्याग्दीका सर्वसाधारणको जिवनबिमा प्रती आकर्षण बढेको छ । बिमा कम्पनीहरुको प्रतिस्पर्धा, बिमा सम्बन्धि चेतना बढ्नु र सरकारले बिमा गर्ने कर्मचारीलाई आयकर छुट दिने व्यवस्था ल्याउनु लगायतका कारणले बिमाप्रती सर्वसाधारणको आकर्षण बढेको हो ।

बेनीमा शाखा रहेका बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७२७३ मा करिब एक हजार जनालाई १५ करोड रुपैयाँ बराबरको बिमा गराएको जनाएका छन् । नेशनल, एसीयन र गुराँस लाईफ कम्पनीले जिल्लामा शाखा खोलेर बिमा सम्बन्धि सुबिधा दिएका छन् भने अन्य कम्पनीमा पनि म्याग्दीका सर्वसाधारणले बिमा गराएको जनाइएको छ ।

नेशनल लाइफ ईन्सुरेन्सका शाखा प्रमुख प्रकाश त्रिपाठीले अघिल्लो वर्ष चार सय जनाले बिमा गरेकोमा यस वर्ष पाँच सय जना भन्दा धेरैले बिमा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नेशनल लाईफ कम्पनीमा म्याग्दीका पाँच हजार जना भन्दा बढीले बिमा गरेका छन् । 51
यसैगरी एसियन लाईफ ईन्सुरेन्स कम्पनीको बेनी शाखाले गत आर्थिक वर्षमा तिन सय जना भन्दा धेरैलाई बिमा गराएको जनाएको छ । वि.स २०६७ मा बेनीमा शाखा स्थापना गरेको सो कम्पनी मार्फत हालसम्म पाँच हजार जनाले बिमा गरेका छन् । पछिल्लो समय जिल्लामा बिमा गर्ने क्रम बढेको एसीयन लाईफ ईन्सुरेन्सकी शाखा प्रबन्धक जमुना आचार्यले बताउनुभयो ।

गुराँस लाईफ ईन्सुरेन्स कम्पनी मार्फत चार हजार जनाको हाराहारीमा बिमा गरेका छन् । गत वर्ष एक सय जना बिमीत थपिएको कम्पनीका शाखा प्रमुख प्रशन्न पौडेलले बताउनुभयो । एकै जनाले वार्षिक सात लाख शूल्य तिरेर एक करोड रुपैयाँ सम्मको बिमा गरेका पौडेलले जानकारी दिनुभयो ।

जोखिम बहन, बिमीतको निधन भएको अवस्थामा मृत्यु दावी भुक्तानी पाइने, सेयरको रुपमा कम्पनीमा बचत हुने, निश्चित अवधिपछि एकमुष्ठ रकम फिर्ता र सहुलियत ब्याजदरमा कर्जा सुबिधा पनि पाइने भएकाले जिवनबिमा उपयोगी भएको बेनीबजारका बासिन्दा खम थापा मगरले बताउनुभयो ।