दानामा घर भत्कीदा एक बालीका घाइते

विकल्प न्यूज/बेनी
साउन १४ गते ।
अबिरल बर्षाका कारण म्याग्दीको दानामा शुक्रबार दुई वटा घर भत्कीएका छन् । दाना ९ गुईठेमा बर्षाले घरको पर्खालमा पानी पसेर शान्ति नेपालीको घर पूर्ण र आकृती मिजारको घर आंशिक रुपमा भत्कीएको हो । घर भत्कीएपछि नेपाली र मिजारका घर आफन्तकोमा आश्रय लिएर बसेका छन् ।Ghar Bhatkeayao (1)

घर भत्कीदा घाइते भएकी ५ वर्षिया मञ्जु बिकलाई बेनीमा उपचार हुन नसकेपछि पोखरा लगिएको पारिवारीक स्रोतले जनाएको छ । घरबार बिहीन भएका उनिहरुलाई नेपाल रेडक्रस सोसाईटीले राहत सामग्री र पाँच हजार रुपैयाँ नगद सहयोग गरेको स्थानीय बासिन्दा ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।