स्थानीयतह पुनसंरचना वारे सुझाव संकलन गर्न गाविस सचिवलाई गाउँ जान निर्देशन

विकल्प न्यूज/बेनी
साउन १४ गते ।
जिल्ला विकास समिति म्याग्दीले गाविस सचिवहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा जान निर्देशन गरेको छ । स्थानीयतहको पुनसंरचनाका वारेमा स्थानीयस्तरमा छलफल र अन्तरक्रिया गरि राय सुझाव संकलन गर्न सचिवहरुलाई गाउँ जान निर्देशन दिएको हो ।ldioगाविस सचिवहरु सँग शुक्रवार जिविस म्याग्दीमा भएको वैठकमा स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिका संयोजक समेत रहनुभएका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले नयाँ संविधान अनुसार स्थानीयतहको पुनसंरचना गरिने भएकाले यसवारे जनताको राय सुझाव संकलन गर्न सचिवहरुलाई गाउँ जान निर्देशन दिनुभएको हो ।DSC01909वैठकमा स्थानीय विकास अधिकारी पौडेलले नयाँ बन्ने गाउँपालिकाको सिमाङकन र सेवा सुविधाका वारेमा नागरिकहरुलाई सुसचित बनाउनु पर्ने आवश्यक भएकाले सचिवहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सचिवहरुलाई गाउँगाउँमा पुगी नागरिकहरु सँग पुनसंरचनाका वारेमा व्यापक छलफल गरि साउन १९ गते भित्र प्राविधिक सहयोग समितिमा सुझाव पेश गर्न निर्देशन दिनुभएको छ ।