म्याग्दीका तिन वटा लघुजलविद्युत परियोजना बन्द

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ साउन ।
अबिरल बर्षाको कारण आएको बाढी र पहिरोबाट म्याग्दीका तिन वटा लघुजलविद्यूत परियोजना बन्द भएका छन् ।

लुलाङको लमसुङ स्थित ३५ किलोवाट क्षमत्ताको दोस्रो दरखोला, मुना स्थित ६० किलोवाट क्षमताको प्रथम दरखोला र ओखरबोटको चिउरीबोटमा रहेको तिस किलोवाट क्षमत्ताको दाजुङखोला लघुजलविद्युत परियोजना बन्द भएको हो ।Darkhola (2)पहिरोले विद्युतगृह भवन जोखिममा पर्ने र नहर बगाएपछि विद्युत उत्पादन बन्द हुँदा मुनाका आठ सय, लुलाङका तिन सय ५० र ओखरबोटका ३८० घरधुरी अन्धकारमा रात कटाउन बाध्य भएका छन् ।