म्याग्दी खोलामा जिप खस्दा चालक घाइते

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ साउन । बेनी नगरपालीका १३ सिंगाको घोप्टेभिरबाट बिहीबार दिउँसो म्याग्दी नदीमा जिप खस्दा चालक घाइते भएका छन् ।

बेनी देखि सिंगातर्फ कुखुराको दाना बोकेर जाँदै गरेको ग १ च १७४ नम्बरको जिप सडक देखि करिब ५० मिटर तल म्याग्दी नदीमा खसेको हो । दुर्घटनामा परि घाइते भएको चालक बाबियाचौर १ का बिनोद केसीलाई उद्धार गरि जिल्ला अस्पताल बेनीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।13775582_10201816021278467_2580112462510322917_n

प्रहरीका अनुसार गाडी फर्काउने क्रममा असन्तुलित भएर भिरबाट खोलामा खसेको हो । गाडीलाई खोलाले करिब दश मिटर तलसम्म बगाएर अड्कीएको छ । बेनीबाट प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुको नेतृत्वमा गएको १५ जना र तातोपानी प्रहरी चौकीका सुरक्षाकर्मीले खोलाबाट गाडीलाई बाहिर निकाल्न पहल गरेको छ । तस्विर/ राम गुरुङ