जन्मदिनमा बालगृहलाई खाद्यान्न सहयोग

विकल्प न्यूज/बेनी
साउन १३ गते ।
बेनीका एक परिवारले बालगृहलाई खाद्यान्न सहयोग गरेका छन् । बेनीको ईन्द्रेणीटोल निवासी डेगबहादुर खत्री र लक्ष्मी खत्रीले छोरा डिलक्स खत्रीको जन्मदिनको अवसरमा दश हजार रुपैयाँ बराबरको खाद्यान्न, झुल, बिस्कुट सहयोग गर्नुभएको हो ।

छोराको छैटौ जन्मदिनको अवसर पारेर आमा लक्ष्मी खत्रीले बिहीबार बालगृह सञ्चालन गर्दै आएको नेपाल बाल संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठ र बालबालीकाहरुलाई सामाग्री हस्तान्तरण गर्नुभयो ।DSC02333दुई पिस चाम, दश वटा झुल, चार पोका भुजा र एक प्याक बिस्कुट उपलब्ध गराउनुभएको बालगृहका प्रमुख मेघनाथ सुवेदीले जानकारी दिनुभयो । बालगृहमा हाल दश जना अनाथ बालबालिका आश्रीत छन् ।