विकल्प न्यूज/बेनी
म्याग्दी १३ साउन ।
म्याग्दीको मुदीमा भिरबाट लडेर बुधबार एक बालकको मृत्यु भएको छ । मुदी ६ का १० वर्षिय रोशन बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बुढाथोकीको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको हो । घर नजिकैको भिरबाट लडेर घाइते भएका बुढाथोकीलाई साँझ ९ बजे जिल्ला अस्पतालमा ल्याईपु¥याइएको थियो ।