ताजा समाचार:
Search

अपडेट ः बाढीपहिरोका कारण म्याग्दीको जनजिवन प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ साउन ।
रितुङ खोलाको कटानका कारण म्याग्दीको ओखरबोट गाविस १ मा पर्ने फुलबारी गाउँ जोखिममा परेको छ ।

तिन दिनदेखिको निरन्तरको बर्षासंगै खोलामा आएको बाढीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा अवस्थित फुलबारी गाउँ जोखिममा परेको हो । नदी किनारमा बनाइएको ग्याबियन पर्खाल भत्काएर खोलाले बस्तीतर्फ कटान गरिरहेको स्थानीय बासिन्दा रामु गौतमले जानकारी दिनुभयो ।Fulbari ma katan garako

फुलबारीका बासिन्दाहरु घर छोडेर माथिल्लो क्षेत्रमा गएर रात कटाएका छन् । घरका सामानहरु सारेका छन् । चुडामणी सापकोटा, बेलकुमारी पुन र निस्कोटका थर्कमान पुनको घर नजिकैबाट खोला बगेको छ ।

कटानका कारण फुलबारी गाउँका ५० घरधुरी जोखिममा परेको स्थानीय बासिन्दा गौतमले बताउनुभयो । जिविस, भुसंरक्षण कार्यालय र रेडक्रसको सहयोगमा नदी किनारमा लगाइएको तटबन्ध बाढीले बगाएको छ । संयौ रोपनी खेतीयोग्य जमिन पनि कटानको चपेटामा परेको छ ।

यसैगरी बाढीले नहर बगाएपछि ओखरबोट ३ च्युरीबोटमा रहेको ३० किलोवाट क्षमत्ताको दाजुङखोला लघुजलविद्युत परियोजना मंगलबारदेखि बन्द भएको छ । मुहान क्षेत्रमा करिब १५० मिटर नहर बाढीले बगाएको हो ।

नहर भत्कीएर विद्युत उत्पादन बन्द हुँदा ओखरबोट, च्युरीबोट, छाप, महभि र रुमको ठोट्नेरी गाउँका ३५० घरधुरी अन्धकार भएको परियोजनाका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिनुभयो ।

दाजुङखोलामा बाढी आएपछि च्युरीबोटमा दधिलाल कडेलले सञ्चालन गर्नुभएको कुटानीपिसान मिल जोखिममा परेको छ । त्यसैगरी चिउरीबोटका राम बिक, मनबहादुर पुन र जोखे दर्जीको खेतबारी बाढीले कटान गरेको छ ।13652708_1050140811729346_9833623_n

उता लुलाङको जुकेपानीमा पाँच दिनदेखि निरन्तर गैरहेको पहिरोका कारण तिन घरपरिवार विस्थापित भएका छन् । लमसुङ गाउँको शिरानतर्फ पहिरो खस्न थालेपछि त्यहाँका बासिन्दा रातको समयमा अन्यत्र गएर बस्ने गरेको लमसुङका केशरबहादुर पुर्जाले बताउनुभयो ।
यस्तै कालीगण्डकी नदीमा आएको बाढीले सदरमुकाम बेनी बजार संरक्षणका लागि गरिएको तटबन्ध बगाएको छ । नदी किनारमा लगाइएको करिब पाँच मिटर तटबन्ध बगाएपछि बजारतर्फ कटान हुने जोखिम बढेको छ ।

यसैगरी बेनपा ३ स्यानालेकमा मंगलबार साँझ पाखोबाट खसेको पहिरोले शान्ता गौतमको गोठ पुरीनुका साथै उनको घर जोखिममा परेकाले विस्थापित भएको त्यहाँबाट हिराबहादुर थापाले जानकारी दिनुभयो ।

IMG_20160727_130610यस्तै भकिम्ली ९ को ज्यामिरेमा १० घर पहिरोको जोखिममा परेका छन् ।भने पहिरोकारण बेनी मुस्ताङ सडक अवरुद्ध बनेको छ ।