विकल्प न्यूज/बेनी
साउन १२ गते । तिन दिन देखि परेको अविरल वर्षाका कारण म्याग्दीको भकिम्ली ९ ज्यामिरे गाउँ पहिरोको जोखिममा परेको छ । वर्षाले गर्दा भिरालो जमिन बग्न थालेका कारण ज्यामिरे गाउँका १० घरहरु जोखिममा परेको स्थानीय युवा मेघनाथ सुवेदीले जानकारी दिनुभयो ।
वर्षा नरोकिए यहाँका दश घरहरुमा पहिरोले ठूलो क्षत्ति पु¥याउने सुवेदीले बताउनुभयो ।
पहिरोले स्थानीय चक्रपाणी सुवेदी र मनवहादुर छन्त्यालको गोठ र शौचालय भत्काइदिएको छ । भने अन्य ८ घर जोखिममा परेको स्थानीय टकवहादुर छन्त्यालले जानकारी दिनुभयो ।
स्थानीय टकवहादुर छन्त्याल,रत्नकाजी छन्त्याल,मनविर सुनार,हरिकला छन्त्याल,काशिराम छन्त्याल, लोकवहादुर छन्त्याल र चन्द्र छन्त्यालको घर पहिरोले चर्किएका छन् । जमिन वग्न थालेपछि गाउँलेहरु त्रसित बनेको स्थानीय युवा सुवेदीले बताउनुभयो ।
ज्यामिरेको पहिरो सँगै यहाँको चिना खेतमा रहेका ७० घरहरु पनि उच्च जोखिममा परेको स्थानीयहरु बताउँछन् ।