विकल्प न्यूज/पर्वत
पर्वत,धाइरिङ साउन ६ गते ।
पर्वतको धाइरिङ–४ सल्यानकी लक्ष्मी पौडेलले विगत ११ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्छिन्, उनका श्रीमान गिरिधारी पौडेल वितेका ५ वर्षसम्म कतारमा रहेर निकै कठिन काम गरे । सात समुन्द्र पारी बस्दा पनि उनले सोचेअनुरुप पैसा कमाउन भने सकेनन् ।
उता श्रीमानले पा“च वर्षसम्म बस्दा चार लाख रुपैया“ मुस्किलले कमाए भने यता श्रीमतीले भने चार वर्षमै घरको दैनिकी चलाएर समेत करिव बीस लाख रुपैया“को टुङ्गो लगाइन् । लामो समयसम्म बिदेशमा श्रीमान रहंदाको एक्लो अनुभुति र उता श्रीमानको आम्दानीभन्दा घरमा आफैंले आर्जन गरेको चार गुणा बढी आम्दानीको टुङ्गो भएपछि लक्ष्मीले दुइवर्ष अगाडी श्रीमानलाई घरमै बोलाईन् । अहिले दुबै श्रीमानश्रीमती घरमै बसेर तरकारी खेतीमा रमाएका छन् । ‘अहिले सबै खर्च कटाएर हरेक सिजनमा तीन लाखसम्मको तरकारी विक्रि हुन्छ ।’ लक्ष्मीले भनिन्,‘उहा“ बिदेश नगएको भए हामीले अहिलेसम्म के के गर्ने थियौं, त्यो कुरा भनिरहनुपर्ने छैन ।’ धाइरिङको सल्यानमा रहेका करिव ८० परिवारकी उदाहरणकी पात्र मात्रै हुन् लक्ष्मी । उनीजस्ता असंख्य महिलाहरुले आफ्ना बिदेशीएका श्रीमानलाई घरकै माटो चुम्न र यहि माटोबाट हिरा उमार्ने दृढ विस्वासका साथ घरमै डाकेका छन् ।
‘उताको गरम मौषममा तातो हावा खा“दै कमाएका लाख भन्दा घरकै हजार ठुलो सम्झिएर गाउ“ फर्किएको हु“ ।’ गिरीधारीले भने,‘उता चर्को गर्मी र तातो हावा खाएर कमाएको चार लाखले यहा“ फर्किंदा केहि भएन तर, श्रीमतीसंगै अहिलेसम्म संगै बसेर तरकारी खेती गरेको भए अहिलेसम्म करोड आम्दानी हुने थियो ।’ पौडेलले सल्यानको फाँटमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।
लक्ष्मीले जस्तै आफ्ना बिदेश रहेका श्रीमानलाई स्थानीय प्रमिला सुबेदीले पनि घरमै फर्काइन् । तीन वर्षसम्म दुबै रहेका आफ्ना श्रीमान बुद्धीप्रसाद सुबेदीलाई पनि आफूले आम्दानी गरेको तरकारी खेतीको पैसाले नै फर्काएको प्रमिला बताउछिन् । ‘मैले तीन वर्षमा कमाएको पैसा त यहा“ उनले एकै वर्षैमा कमाइन् ।’ बुद्धीप्रसाद सुबेदीले भने, ‘अनि म उहा“ बस्नुको के सार भयो भनेर फर्किएको हु“ ।’ अहिले बुद्धीप्रसाद र प्रमिलाले पनि संगसंगै तरकारी खेती गर्दै आइरहेका छन् ।
यस्तै केही महिना गाउँ फर्किएका योग्रेन्द्र पौडेल पनि अव विदेश नजाने मोडमा छन् । जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गरेका पौडेले यो सिजनमा गोलभेडा, काक्रोको विउ र ताजा तरकारी विक्री गरेर ३ लाख रुपियाँ आम्दानी हुने बताए ।
धाइरिङमा तीन सिजन तरकारी खेती हुन्छ । एक सिजनमा निकै थोरै आम्दानी गर्ने परिवारले पनि पचास हजार रुपैयासम्म आम्दानी गर्ने गरेको पर्वतमै सफल किसान मानिएका एकनारायण पौडेल बताउँछन् ।
पर्वतको धाइरिङ गाविस–४, सल्यान गाउ“का करिब ८० परिवार किसान विगत १५ वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट उनीहरुले राम्रो आयआर्जन गर्न थालेपछि विदेशबाट फर्कने युवासमेत तरकारी खेतीतर्पm आकर्षित हुन थालेका हुन् । पर्वतको धाइरिङ गाविसबाट मात्रै वर्षेनी चार करोड रुपैया“ बराबरको ताजा तरकारी उत्पादन हुन थालेको छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अब धाइरिङका युवाहरु कहिल्यै विदेश नजाने तिन वर्ष विदेशमा वसेर अहिले गाउँमै तरकारी खेतीमा रमाएका टेकनारायण आचार्य बताउँछन् ।
बुद्धिप्रसाद र गिरीधारीजस्ता खाडी मुलुक गएका धेरै यूवा गाउंमै खेतीकिसानी गर्ने भन्दै वैदेशिक रोजगारीबाट फर्किन थालेका छन् । गाउ“मै तरकारी खेती गरेर मनग्य आम्दानी हुन थालेपछि यहा“का युवामा विदेशमोह घट्दै गएको छ ।
करिब ८० परिवार रहेको यस गाउ“का सबै किसानको प्रमुख पेशा अहिले तरकारी खेती बनेको छ । उत्पादित तरकारी विक्रीको कुनै समस्या छैन । नजिकै रहेको बेनी बजारमा खपत हुने स्थानीयहरु बताउँछन् । विदेश गएर मासिक बीस हजार रुपैया“ आम्दानी गर्नेदेखि विभिन्न पेशा व्यवसाय गर्नेहरु पनि गाउ“को तरकारी खेतीप्रतिको मोहका कारण फर्र्किएर खेतीकिसानीमै रमाउन थालेका छन् ।