ताजा समाचार:
Search

कुहुँका आमाहरु सामाजिक काममा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ साउन ।
म्याग्दीको कुहुँ का महिलाहरुले नाचगान गरेर जुटाएको पैसा विकास निर्माण, सामाजिक क्रियाकलाप र विपन्नको उत्थानमा लगानी गरेका छन् ।

कुहुँ ४ को मालीका आमा समूहले गाउँमा लाहुरे स्वागत, बिवाह, छेवार र सभा समारोहमा नृत्य प्रस्तुत र काम गरेर जुटाएको १५ लाख रुपैयाँ भन्दा बढी रकम सामाजिक काममा लगानी गरेका हुन् ।Kuhun Mothers Group (3) बिस वर्षअघि स्थापना भएको आमा समूहले मन्दिरको पुननिर्माण, बालबिकास भवन र सभाहल निर्माण गरेका छन् । भोज भतेरमा आवश्यक पर्ने भाडावर्तनका सामाग्रि खरिद गरेर भाडामा लगाउदै आएका उनिहरुले त्यहाँ सामुहिक रुपमा श्रम गरेर प्राप्त हुने ज्याला समेत कोषमा जम्मा गरेका स्थानीय युवा एकजित रोकाले बताउनुभयो ।

आमा समूहले पन्ध्र लाख एक सय रुपैया आम्दानी गरि विभिन्न क्रियाकलापमा बाह् लाख एक सय रुपैया खर्च भएको जनाएको छ । तिन लाख रुपैया विपन्न र गरिब महिलाहरुको आयआर्जन वृद्धीका लागि सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराइएको आमा समूहकी अध्यक्ष पूर्णमाया शेरपुञ्जाले बताउनुभयो ।Kuhun Mothers Group (2)आमा समूहले दिपशिखा उच्च मावि लगायत आर्थिक समस्यामा परेका अन्य विद्यालय, संघ संस्था र व्यक्तिहरुलाई पनि सहयोग गरेका छन् । समूहको २० औ स्थापना दिवसको अवसर पारेर मंगलबार तिन कोठे भवनको उद्घाटन गरिएको छ ।

सभाहल, बालकक्षा र समूहको कार्यालय रहेको भवनको कुहुँ गाविसको अगुवा महिला यामकुमारी पुनले उद्घाटन गर्नुभएको हो । आमा समूहकी अध्यक्ष पूर्णमाया शेरपुञ्जाको अध्यक्षता, यामकुमारी पुनको प्रमुख आतिथ्यता, बिष्णु शेरपुञ्जाको सञ्चालन र यामकुमारी शेरपुञ्जाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मनकामना आमा समूहका अध्यक्ष हिरा राम्जाली, देउराली युवा कल्वका प्रतिनिधि एकजित रोका, दिपशिखा उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर राम्जाली, कुहुँ महिला सञ्जालका अध्यक्ष गौमती रोका र निवर्तमान गाविस अध्यक्ष प्रेमप्रसाद रेग्मीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । बिष्णु शेरपुञ्जाको संचालन र यामकुमारी शेरपुञ्जाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।