जन्मदिन मनाउने खर्च कटाएर दृष्टिविहिनलाई सहयोग

विकल्प न्यूज/बेनी
साउन ४ गते ।
म्याग्दीका एक यूवाले जन्मदिनको खर्च म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा संकायमा अध्ययरत दृष्टिविहिन गोपाल खत्रीलाई सहयोग गरेका छन् । मंगलबार म्याग्दी क्याम्पसमा एक कार्यक्रम गरी बावियाचौर–१ तल्लो डडुवाका नेत्रराज सुबेदीले जन्मदिनको अवसरमा २५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । ‘जन्मदिन सबैभन्दा महत्वपुर्ण दिन हो । पवित्र कार्य गरेर जन्मदिन मनाउने योजना अनुसार सहयोग गरे’ सुबेदीले भने ।  IMG_2221(1)

गुरूपुर्णिमाको अवसरमा क्याम्पसका प्राध्यापक सहितको उपस्थितीमा शुभकामना आदानप्रदान सहित कार्यक्रम गरिएको थियो । बेनीस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक समेत रहेका सुबेदीले आगामी दिनमा समेत रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटा, अभियानको संयोजन गरिरहेका पत्रकार हरिकृष्ण गौतम, विद्यार्थी गोपाल खत्रीले समेत मन्तब्य राखेका थिए । IMG_2224
सोही अवसरमा जिल्ला भु संरक्षण कार्यालयका प्रमुख दिवाकार पौडेल र म्याग्दी क्याम्पसकी सहायक प्रमुख रेखा कौशल रेग्मीले ५ हजार, बेनी न्युरोडस्थित छहारी रेष्टुरेन्टका प्रोपाईटर कुशल पौडेलले १५ सय सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन क्याम्पसका विद्यार्थी हरिकृष्ण आचार्यले गरेका थिए । बे्रललिपीको साहरामा समेत क्याम्पसमा उत्कृष्ट विद्यार्थीको रुपमा चिनिने खत्री मेजर अंग्रेजीका विद्यार्थी हुन् । IMG_2218घतान तोरिपानीका दृष्टिविहिन खत्री भोकभोकै क्याम्पस आउँछन् भन्ने समाचा प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट दैनिकजसो सहयोग जुट्न थालेको छ । क्याम्पसको आन्तरिक परिक्षामा सर्वोत्कृष्ट भएका खत्रीलाई सहयोग जुट्ने क्रम जारी छ । सात जनाको परिवारमा एक्ला छोरा खत्रीले स्नातन तहको शिक्षा लगत्तै शिक्षण पेशामै आवद्ध भएर परिवारको मुख्य आम्दानीको स्रोत बन्ने योजना बनाएका छन् । उनको दुई बहिनी पनि शाररीक रुपमा आपाङ छन् । बहिनी रमा दृष्टिविहिन र संगिता बहिरा छिन् । खत्रीको नाममा ग्लोवलआईएमई बैकमा खाता सञ्चालन गरिएको छ । हरिकृष्ण गौतम