दानाको गुईठेमा कालीगण्डकी नदीमाथि झोलुङगे पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ साउन ।
म्याग्दीको दाना र नाच्याङको सिमानामा पर्ने गुईठे स्थित कालीगण्डकी नदीमाथि झोलुङगे पुल निर्माण भएको छ ।

चौबिस लाख ३७ हजार ९११ रुपैयाँको लागतमा ४४ मिटर लामो झोलुङगे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि दानाको ९, नारच्याङको १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको ३२८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम मार्फत पुल निर्माण भएको हो ।DSC01588पुल निर्माणका लागि जिविसले ११ लाख १८ हजार ४५९ रुपैया नगद, स्वाप कार्यक्रमले दुई लाख १३ हजार २७२ रुपैया बराबरको ल२७२ रुपैया बराबरको लठ्ठा र बुलडग तथा गाविस कार्यालयले ४८ हजार ७५८ रुपैयाँ अनुदान र समुदायले सोही बराबरको श्रमदान गरेका थिए ।