सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ साउन ।
नेकपा माओवादीका स्थाई समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वाधिन नभएसम्म नेपालको सम्बृद्धी सम्भव नभएको बताउनुभएको छ ।
नेकपा माओवादी म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको नेपालको वर्तमान परिवेश र अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेता बाँस्तोलाले हरेक निर्णय र काममा बिदेशी हस्तक्षेप हुँदा नेपालको स्वाधिनता संकटमा परेको बताउनुभयो ।
भारत र पश्चिमा राष्ट्रहरुले विभिन्न बाहनामा नेपालको नीती निर्माणमा हस्तक्षेप गरेको नेता बाँस्तोलाको आरोप छ । उहाँले नयाँ संबिधानले देशको वर्तमान समस्या समाधान गर्न नसकेको बताउनुभयो । नेपालको आर्थिक, सामाजिक, राजनीतिक र भौतिक विकासका लागि एकिकृत जनक्रान्तिको तयारी गरेको नेता बाँस्तोलाले बताउनुभयो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय कमिटि सदस्य पारषमणी, धौलागिरी ईञ्चार्ज धु्रब घिमीरे, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका कमल केसी, राप्रपाका एकेन्द्र रावल,प्याब्सन म्याग्दीका अध्यक्ष राजकुमार थापा लगायतले देशमा शान्तिको आवश्यकता रहेको बताउँदै नेपालका राजनीतिक दलहरु एकतावद्ध भएर बिदेशी हस्तक्षेप विरुद्ध लड्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
नेकपा माओवादी म्याग्दीका सेक्रेटरी गमबहादुर श्रिसको अध्यक्षता र शिवकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
1 thoughts on “नेपाल स्वाधिन नभएसम्म सम्बृद्धी सम्भव छैन– बाँस्तोला”