म्याग्दीका कृषक, समूह, पत्रकार र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० असार ।
जिल्ला कृषि विकास कार्यालयले बिहीबार म्याग्दीका उत्कृष्ट बिस जना कृषक, चार वटा कृषक समूह, दुई जना प्राबिधिक र तिन जना पत्रकारलाई पुरस्कृत गरेको छ । DSC01747कार्यालयले बेनीमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा नगद पुरस्कार र सम्मानपत्र वितरण गरिएको हो । धान, गहुँ, सुन्तला, पलास्टीक घरमा गोलभेडा खेती गर्ने कृषक र कृषक समूहमध्य प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई क्रमश नगद पाँच हजार, तिन हजार, दुई हजार र पाँच सय रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी जिल्ला कृषि विकास कार्यालयमा कार्यरत प्राबिधीक सहायक श्यामराज क्षेत्रीलाई पाँच हजार र ताकम सेवा केन्द्रका नायव प्राबिधिक सहायक योगेन्द्र राईलाई तिन हजार रुपैया सहित उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।

पत्रकारिताको क्षेत्रबाट कृषिको विकासमा योगदान गरेको भन्दै सम्बृद्ध साप्ताहीकका सन्दिप खत्री, बेनी अनलाईनका हरिकृष्ण गौतम र रुप्से दैनिकका गोरखनाथ सुवेदीलाई नगद चार हजार रुपैयाँका दरले कृषि विकास कार्यालयले पुरस्कार प्रदान गरेको छ ।DSC01751धानबालीतर्फ पुरस्कृत हुने कृषकहरुमा बरंजा १ का मेघबहादुर घर्ती, मनप्रसाद रोका, बेनपा ११ की पविसरा किसान र तारा शाही रहनुभएको छ । यसैगरी गहुँबालीतर्फ अर्मन ६ का हर्कबहादुर पुन, बेनपा ४ का जितबहादुर कार्की, बेनपा १३ की लक्ष्मी खत्री र बेनपा १४ का टेकबहादुर बानिया उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुनुभएको छ ।

सुन्तलातर्फ भकिम्ली २ का पदमबहादुर थापा, बेनपा १३ का तिलक गुरुङ, घार ७ का ववरजंग बरुवाल र देविस्थान ८ का यामबहादुर थापा पुरस्कृत हुनुभएको छ । बेनपा १३ का बलबहादुर खड्का, झिँ ९ का डेगाप्रसाद गर्बुजा, बेनपा ४ का ईन्द्रावती जिसी र दाना २ का पूर्णबहादुर खोरजा पलास्टीक घरमा गोलभेडा फलाउने उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुनुभएको छ ।
बेनी नगरपालीका ११ को महारानी, बेनपा १३ को थामडाँडा सुन्तला उत्पादक, बेनपा १० को भगवती विउविजन तथा घार ७ र ८ को बिरौटाले उत्कृष्ट कृषक समूहको पुरस्कार पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाको सञ्चालन, जिविसका योजना अधिकृत पौडेलको अध्यक्षता र योजना अधिकृत ज्योती क्षेत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत रिजालले कार्यालयले यस वर्ष सञ्चालन गरेका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।