वेष्ट प्वाईन्टका विद्यार्थीलाई बालकथा लेखन कार्यशाला

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० असार ।
बेनीको न्यू वेष्ट प्वाईन्ट उच्च माध्यमिक आवाशिय विद्यालयमा २०३ औ भानुजयन्तीको अवसरमा त्रिदिवसीय बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।DSC07514असार २७ देखि २९ गतेसम्म सञ्चालन भएको कार्यशालामा सो विद्यालयको दश कक्षा सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बालसाहित्य सर्जक बिजयराज आचार्य, विद्यालयका नेपाली विषय बिभाग प्रमुख केशवराज पौडेल र शिक्षक नवराज रिजालले सहजिकरण गर्नुभएको थियो ।

२०३ औ भानु जयन्तीको अवसरमा आयोजित कार्यशालामा विद्यार्थीहरुलाई बालकथा लेखनका बारेमा प्रशिक्षण र अभ्यास गराइएको विद्यालयले जनाएको छ ।