म्याग्दीका पशुपालक कृषकहरु पुरस्कृत (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।
जिल्ला पशु सेवा कार्यालयले सोमबार पशुपालक कृषकलाई पुरस्कार र पशुजन्य बस्तु ब्यवसायीलाई निशूल्क सामाग्री वितरण गरेको छ ।

आठ जना उत्कृष्ट पशुपालक कृषकलाई नगद सहित सम्मान गरेको हो । यसैगरी दूग्ध तथा मासुजन्य पदार्थ ब्यवसाय गर्ने छ जना ब्यवसायीलाई अनुदानमा सामाग्री वितरण गरेको छ ।DSC01752

गाईभैसीपालन तर्फ बेनपा १४ का मनबहादुर केसी, शिखका चौरीपालक प्रेम पुर्जा, बेनपा ८ अर्थूङ्गेकी फुलु पौडेल र बेनपा ८ थाकनपोखरीका कमल पौडेललाई क्रमश प्रथम, दितृय, तितृय र सान्तवना पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी भेडाबाख्रापालनतर्फ बेग २ का बिमल फगामी, दरवाङ २ की कल्पना खत्री, बेनपा १२ की रश्मी भण्डारी कुँवर र बेनपा ६ का सुर्य बरुवाल पुरस्कृत हुनुभएको छ । दुई वटै बिधातर्फ प्रथम, दितृय, तितृय र सान्तवना हुने कृषकहरुलाई क्रमश नगद तिन हजार, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ सहित सम्मानप्रत्र प्रदान गरिएको छ । DSC01670 DSC01671 DSC01673 DSC01678 DSC01680

ब्यवसायीक पशुपालनको माध्यमबाट पशुजन्य उत्पादन वृद्धी गर्न योगदान गरेकाले उनिहरुलाई प्रोत्साहनका लागि पुरस्कृत गरिएको पशु सेवा कार्यालयले जनाएको छ । यसैगरी तिन वटा दूग्ध र तिन वटा मासुजन्य ब्यवयायीलाई छ लाख रुपैया मूल्य बराबरको सामाग्री उपलब्ध गराइएको छ ।

दरवाङको आचार्य डेरी उद्योग, बेनपा १४ को जनभावना दुग्ध सहकारी संस्था र बेनीको कुरीलाखर्कको भुवन भैसी फार्मलाई एक वटा डिपफ्रिज, एक वटा दूध ढुवानी गर्ने मिल्क क्यान र एक वटा प्याकीङ मेसीन निशूल्क उपलब्ध गराइएको छ ।

त्यस्तै बेनीको सम्पदा एण्ड संघर्ष मासु पसल, पिप्ले ३ को भरत फ्रेस हाउस र बेनी शिक्षा मार्गको श्रिस मासु पसललाई एक वटा डिपफ्रिज, एक थान डिजीटल तराजु र एक वटा दावा वितरण गरिएको छ । प्रतिव्यवसायीलाई एक लाख रुपैया मूल्य बराबरको सामाग्री उपलब्ध गराइएको हो ।DSC01695

जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईको अध्यक्षता र पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का लगायत कार्यालय प्रमुखहरुले पुरस्कार र सामाग्री वितरण गर्नुभएको थियो ।