विकल्प न्यूज/बेनी
असार २७ गते ।
जिल्ला अस्पताल म्याग्दीलाई आफन्तको सम्झनामा एक परिवारले अक्सिजन सिलिन्डर र फलफुल वितरण गरेका छन् । बागलुङ जिल्लाको रेश–४ स्थायी घरभई हाल बेनी नगरपालिका–६ मा बस्ने स्वर्गीय केशव प्रसाद गौतमको ४५ औ दिनको पुन्य तिथिको अवसरमा गौतम परिवारले सोमबार अस्पतालमा एक कार्यक्रम गरी २० हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय गौतमका धर्मपत्नी दिलकुमारी गौतम, छोरी लक्ष्मी, कमला, छोरा रोशन गौतमले जिल्ला अस्पताल म्याग्दीका प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डन रोशन न्यौपानेलाई सहयोग साम्रागी हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पताल प्रमुख न्यौपानलेले म्याग्देलीको सहयोगमा अस्पतालमा धेरै उपकरणहरु जुटाउन सफल भएको बताउँदै यसले सेवा प्रवाहलाई सहज बनाउन सफल भएको बताए । कार्यक्रममा डा. कृति कँडेल, डा. अम्बालिका शाक्य, डा. राजेन्द्र पौडेल लगाएतको उपस्थिती रहेको थियो । स्वर्गीय गौतम नेपाल दुरसञ्चार प्राधिकरण बेनीमा कार्यरत थिए । स्वर्गीय गौतमका भाई विष्णुप्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अस्पताल प्रमुख न्यौपानेले गरेका थिए ।
आगामी दिनमा समेत यस्तै कार्यहरुलाई निरन्तरता दिने छोरा रोशन गौतमले बताए । पछिल्ला केहीबर्ष यता अस्पतालमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले लाखौं मुल्य पर्ने सामान समेत सहयोग गरेकाले छोटो समयमा ठुला अप्रेसन सहितका सेवाहरु सञ्चालन गर्न सहज भएको अस्पतालले जनाएको छ । हरिकृष्ण गौतम