ताजा समाचार:
Search

म्याग्दीमा प्रहरी मेरो साथी कार्यक्रम

विकल्प न्यूज/बेनी
म्याग्दी २७ असार ।
नेपाल प्रहरीको देशब्यापी ‘प्रहरी मेरो साथी’ भन्ने कार्यक्रम सोमबार बेनीमा पनि सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा सदरमुकाम बेनीमा चेतनामुलक ¥याली र जिविस सभाहलमा औपचारीक कार्यक्रम गरेर प्रहरी मेरो साथी कार्यक्रमको सुभारम्भ गरिएको हो । DSC01653
जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट कार्यालय प्रमुख, राजनितिक दल, उद्योगी ब्यापारी, सुरक्षाकर्मी र विद्यार्थीको सहभागितामा सुरु भएको ¥याली बजार परिक्रमा गरेपछि जिविस सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

विद्यालय तथा समुदायमा सामुदायिक सम्र्पकको माध्यमबाट प्रहरीलाई थप नागरीकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृती नियन्त्रण तथा शान्ती सुरक्षा कायम गर्नका लागि कार्यक्रम गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड््काले बताउनुभयो । DSC01655(1)उहाँले कार्यक्रमले समुदायलाई प्रहरी मेरो साथी हो भन्ने भावना र सम्बन्धको विकास गरि नेपाल प्रहरीको छवीमा अभिवृद्धी गर्न सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रजिअ केशवराज आचार्यले प्रहरीको समुदाय केन्द्रित र नागरीकमैत्री कार्यक्रमले शान्ति सुरक्षालाई सुदृढ बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायीक प्रहरी शाखाका अध्यक्ष श्यामलाल न्यौपानेको अध्यक्षता, प्रहरी नायव निरिक्षक हिराबहादुर थापाको सञ्चालन र प्रहरी निरिक्षक कृष्णकान्त अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र शिक्षक कमल बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।