ताजा समाचार:
Search

मोटरसाईकल दुर्घटनामा घाईतेको मृत्यु

विकल्प न्यूज/बेनी
जेठ ३० गते ।

पर्वतको मालढुङ्गामा शनिबार मोटरसाईकल र जिप एक आपसमा ठोक्कीदा घाइते भएका म्याग्दीका एक किशोरको उपचारको क्रममा मृत्यु भएको छ ।Accident 1

बेनी देखि बागलुङ जादै गरेको ध १ प ५००१ नम्बरको भिआर मोटरसाईकल र कुश्माबाट बेनी आउँदै गरेको ध १ ज २४ नम्बरको जिप ठोक्कीदा घाइते भएका दरवाङ ६ का १६ वर्षिय आकाश पुनको उपचारको त्रममा आइतबार पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।Accident 2 दुर्घटनामा घाइते भएका बेनपा ६ का १७ वर्षिय ओमकार पौडेलको भने उपचार भैरहेको ट्राफीक प्रहरी हवल्दार ठाकुर क्षेत्रीले बताउनुभयो । दाहीने कुम र अनुहारमा चोट लागेर घाइते भएका पौडेल खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।