ताजा समाचार:
Search

बेनीको बञ्चरेडीलको एनसेल टावरमा आगलागी

विकल्प न्यूज/बेनी
जेठ ३० गते ।
बेनी नगरपालीका ४ बञ्चरेडीलमा रहेको निजी क्षेत्रको मोवाईल सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगोलागी भएको छ । शनिबार साँझ भएको आगोलागीबाट टावरमा विद्युत आपूर्तीका लागि जडान गरिएको जेनेरेटरमा पूर्ण रुपमा क्षत्ती पुगेको छ ।
म्याग्दीसंगै एकै पटक दाङ, सल्यान, गोरखा, लमजुङ, बागलुङ, धनकुटा, कास्की, झापा जिल्लामा रहेको कम्पनीको दश वटा टावरमा एकै साथ आक्रमण भएको भन्दै एनसेलले आईतबार विज्ञप्ती निकालेर दुःख व्यक्त गरेको छ ।

ncell-tawar-aakramanकेही ठाउँमा आगजनीको घटनाको नेक्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जिम्मा लिए पनि म्याग्दीमा भने कसैले पनि जिम्मा लिएका छैनन् । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो ।


1 thoughts on “बेनीको बञ्चरेडीलको एनसेल टावरमा आगलागी

Comments are closed.