विद्यार्थीहरु पनि सरसफाइ अभियानमा(फोटो)

विकल्प न्यूज/बेनी
जेठ २३ गते ।
४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । विद्यालयमा अध्ययनरत करिव तिनसय विद्यार्थीहरुले बेनी नगरपालिका अगाडीबाट सुरु गरि कालिपुल वसपार्क सम्म सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता प्रत्येक वातावरण दिवसका अवसरमा नदी सरसफाई गर्दै आएको छ । यसै गरि वास पत्रकार मञ्च नेपाल,म्याग्दीले प्रत्येक शनिवार साप्ताहिक सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । आज बाट १७ औ राष्ट्रिय सरसफाइ सप्ताह पनि सुरु भएको छ ।

litel garden 5 litel garden litel garden 1 litel garden 2 litel garden 4