सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ जेठ । ४३ औ विश्व वातावरण दिवसको अवसरमा आईतबार बेनीमा वृक्षरोपण गरिएको छ ।
जिल्ला वन कार्यालय, भुसंंरक्षण कार्यालय लगायत सरकारी निकाय र गैरसरकारी संघ संस्थाको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।
कल्कीफुल, धुपी लगायत जातका करिब एक सय बिरुवा रोपीएको सहायक जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धरले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा सरकारी कार्यालय, राजनितिक दल, संघ संस्था, प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो । वृक्षारोपणअघि आईतबारबाटै सुरु भएको राष्ट्रिय सरसफाई सप्ताह २०७३ को अवसरमा संयुक्त ¥याली गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु भएको ¥याली जिल्ला अस्पताल परिसरमा पुगेर समापन गरिएको थियो ।
वृक्षारोपणपछि विश्व वातावरण दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय र कृषि विकास कार्यालयका संयोजनमा भएको निबन्ध लेखन प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविकी निरुता बुढाथोकी प्रथम, लिटील गार्डेन एकेडेमीकी अमिसा परियार दितृय, प्रकाश उच्च माविका सुरेन्द्र थापा क्षेत्री तितृय र मुक्तिधाम उच्च माविका अनुपम कटुवाल सान्तवना भएका थिए ।
प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई क्रमश नगद दुई हजार, एक हजार पाँच सय, एक हजार र आठ सय रुपैया नगद पुरस्कार वितरण गरिएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्याधिश रामप्रसाद शर्माले वातावरण संरक्षणका लागि संरक्षणमुलक र दिगो विकास अवधारणामा जोड दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको अध्यक्षता, जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवाल र खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच म्याग्दीका विभिन्न ठाउँमा सरसफाई सम्बन्धि कार्यक्रम गरेर जेठ २९ गतेसम्म राष्ट्रिय सरसफाई सप्ताह मनाउन सुरु भएको छ ।