ताजा समाचार:
Search

रुमको विद्यालयलाई पाँच लाख बराबरको सोलार र कप्यूटर सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २२ गते ।
रुम गाविस—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयमा ५ लाख बराबरको सेलार, कम्प्यूटर हस्तान्तरण गरिएको छ। रोजगारको सिलसिलामा इजरायलमा रहेकी विष्णु पुन मगरको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर, फोटोकपी दुईवटा ब्याट्टी सहितका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो ।
मगर क्रियसनको संयोजनमा गाउँमा गरिएको कार्यक्रममा गाउँका समाजसेवी शिवलाल पुनले कम्यूटरको यूपिएस खोलेर उद्घाटन गरेका थिए । गाउँकै जेष्ठ नागरिकले कम्यूटर छोएर कार्यक्रमको उद्घाटन गरेको हेर्न बेली गाउँका सबैजसो घरधुरीबाट विद्यालयमा पुगेका थिए । IMG_0141
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँको विद्यालयलाई सहयोग भित्रिएपछि सहयोग संकलन अभियानकी विष्णु पुनमगरका हजुरवावा शिवलाल पुन, पिता लालु पुन, आमा भिमसरा पुन सहित कार्यक्रममा उपस्थित भएका अतिथिलाई आमा समुह सहित गाउँलेले घरबाट भब्य स्वागत सहित विद्यालयमा पु¥याएका थिए । कार्यक्रममा प्रमुख अतिथि मगर क्रियसनका संस्थापक आर्सिरवाद पुनले विद्यालयलाई आवश्यक पर्ने पुर्वाधार जुटाउन भविस्यमा समेत निरन्तर सहयोग संकलन गरिने बताए ।
त्यसैगरी विशिष्ट अतिथि मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा आवश्यक रहेका उपकरणले शैक्षिक गतिविधिलाई अगाडी बढाउन समेत महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए । त्यसैगरी ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमले विद्यार्थीको पठनस्तरमा सुधार ल्याउन आधुनिक प्रविधिको समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इजरायलबाट विष्णु पुनमगरले गाउँलेलाई सन्देश दिदाँ धेरैको आँखा रसाएका थिए ।
गाउँमा पुनमगरले गरेको सहयोग र सक्रियताले मुहार नै फेरिएको गाउँलेको भनाई छ । सोही अवसरमा मगर क्रियसनका आर्सिरवाद पुनले आमा समुह, विद्यालय र यूवा क्लवलाई ५ हजारको दरले सहयोग गरेको थियो । कार्यक्रमको अध्यक्ष विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्कमान विश्वकर्मा, स्वागत शिक्षक गोपाल पुन र सञ्चालन तुल बहादुर पुनले गरेका थिए । २०६८ सालमा स्थापना भएको विद्यालयमा ४८ जना विद्यार्थी अध्ययरत छन् । हरिकृष्ण गौतम