विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २२ गते ।
नेपाल मगर संघ कुहुँको शनिबार भएको तेस्रो अधिवेशनले यामकुमारी पुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा पूर्णमाया शेरपुञ्जा, सचिवमा एकजित रोका, कोषाध्यक्षमा गौमती रोका र सहसचिवमा अनमान बुढा रहेका छन् । संघको सदस्यहरुमा लेखबहादुर पुन, मनकुमार जुक्जाली, शुशिला पुन, रनबहादुर अर्मजा, रुकबहादुर रोका, आसबहादुर थजाली, पूर्णबहादुर पुर्जा, पोमती राम्जाली, गोविन्द पुर्जा र चन्द्रकुमारी पुन चयन भएका छन् ।
समितिको बैठकले थप ८ सदस्य मनोनित गर्ने निर्णय गरीएको छ । नेपाल मगर संघ म्याग्दीका सल्लाहकार राजकुमार थापाको प्रमुख आतिथ्यता, आदर्श निमावी भर्जुलाका प्रअ ईन्द्रबहादुर पाईजाको स्वागत, मनकुमार जुक्जालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य तिलक पुन र एकजित रोकाले मन्तब्य व्यक्त गरेका थिए ।