विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २२ गते ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीको सभापतिमा लेखबहादुर हमाल निर्वीरोध निर्वाचित भएका छन् ।
कार्यसमितिको अन्य १२ सदस्यका लागि भने मतदान भएको थियो । हमाल आगामी चार वर्षे कार्यकालका लागि दोस्रो पटक रेडक्रसको शाखा सभापतिमा निर्वाचित भएका हुन ।
शनिबार भएको निर्वाचनमा सदस्य पदमा शिव बानियाँ (७४), धु्रबलाल शर्मा (७९), काशीराम रेग्मी (७९), यामबहादुर बानियाँ (८१), दशरथकुमार कर्माचार्य (८२) र मोतिराज उपाध्याय ८१ मत प्राप्त गरि निर्वाचित भएको शाखाका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी सदस्यहरुमा यामबहादुर चोखाल (८४), सुरत केसी (८४), भिमकुमारी बुढाथोकी ८२, नवराज पौडल (७६), भरतकुमार पुन ८४ र अमर बानियाँ ७९ मत प्राप्त गरि निर्वाचित भएका छन् । सदस्य पदमा १६ जनाको उमेद्वारी परेको थियो ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराएका नेत्रबहादुर महतले उमेद्वारी फिर्ता लिएपछि हमाल निर्वीरोध भएका हुन । शाखाको अधिवेशन शुक्रबारदेखि सुरु भएको थियो । निर्वाचित कार्यसमितिको बैठकले पद बिभाजन गर्ने जनाइएको छ ।