सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ जेठ ।
म्याग्दीको बेनीमा शनिबार संक्रमणकालीन न्याय, संयन्त्रको अवस्था, द्धन्द्धपिडितको पहुँचमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सत्कर्म नेपालले आयोजना गरेको कार्यक्रममा द्धन्द्धपितिको अवस्था, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग, स्थानीय शान्ति समिति, सरकारी निकायले गरिरहेका गतिबिधि लगायतका विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागि द्धन्द्धपिडितहरुले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले दवावमा नपरि पिडितमैत्री काम गर्नुपर्ने बताएका थिए । उनिहरुले राज्यले द्धन्द्धपिडितलाई उपलब्ध गराउने सेवा सुबिधा प्रदान गर्ने क्रममा राज्यका निकायहरुबीच समन्वय हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा सत्कर्म नेपालका निर्देशन सिताराम थापाले संस्थाको गतिबिधि र दन्द्धपिडितको अधिकारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नागरीक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठ, पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदी, पत्रकार घनश्याम खड्का, द्धन्द्धपिडित दिननाथ रेग्मी लगायतले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।
द्धन्द्धपीडित अधिकार समाजका उपाध्यक्ष नरसिङबहादुर केसीको अध्यक्षता, भिमबहादुर रिजालको स्वागत र सुरेन्द्र खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।