सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ जेठ ।
नेपाल तरुण दल म्याग्दीको अध्यक्षमा पुन मुकुन छन्त्याल निर्वाचित हुनुभएको छ ।
बेनीमा शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका छन्त्याल दोस्रो कार्यकालका लागि तरुण दलको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनले तरुण दलको उपाध्यक्षमा श्रीप्रसाद रोका, सचिवमा गोविन्द बानियाँ र सुमन बानियाँ, कोषाध्यक्षमा हिरा पुन, कमल किसान र सहचिवमा युक्तबहादुर पुनलाई चयन गरेको छ ।
कार्यसमितिमा निर्वाचित र मनोनित गरि ५५ सदस्य रहेको सचिव गोविन्द बानियाँले जानकारी दिनुभयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले शुक्रबार उद्घाटन गर्नुभएको अधिवेशनमा बेनी नगरपालीका र ३५ गाविसका १५० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।