ताजा समाचार:
Search

श्रेष्ठ दम्पतीद्धारा बालगृहलाई खाद्यान्न सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ जेठ ।
बेनीका एक दम्पतीले आफ्नो बिवाहको वार्षिक उत्सव पारेर बालगृहलाई खाद्यान्न सहयोग गरेका छन् ।DSC02642

एक वर्षअघि बिवाह बन्धनमा बाँधीएका रेडक्रस मार्गका हिक्मत श्रेष्ठ र रोशनी श्रेष्ठले शनिबार म्याग्दी बालगृहलाई खाद्यान्न उपलब्ध गराएका हुन् । श्रेष्ठले बालगृहका प्रमुख मेघनाथ सुवेदीलाई दश किलो चाम, दुई किलो मासु, तेल र नुन उपलब्ध गराउनुभएको हो ।
उहाँले प्रत्येक हप्ता बालगृहलाई एक छाकका लागि मासु उपलब्ध गराउने घोषणा पनि गर्नुभयो । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा ९ जना अनाथ बालबालीका आश्रीत छन् ।