ताजा समाचार:
Search

यसरी गरियो सातौ हप्ताको सरसफाइ

वातावरण दिवसको अवसरमा मंगलाघाट क्षेत्रमा सरसफाइ
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ जेठ ।
खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चले सञ्चालन गरेको कालिगण्डकी –म्याग्दी नदी बृहत सरसफाइ अभियान शनिबार सातौ हप्ता पुगेको छ ।DSC02632

वतावरणीय, जैवीक, धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसावले महत्वपूर्ण कालीगण्डकी र म्याग्दी नदीलाई सफा र स्वच्छ बनाउन जागरण सिर्जना गर्ने उद्देश्यले बैशाख ९ गतेदेखि साप्ताहिक सरसफाइ कार्यक्रम गरिदै आएको छ । अभियान अन्तरगत ४३ औ विश्व वातावरण दिवसको अवसरमा मालपोत कार्यालय अगाडी देखि मंगलाघाट सम्म सरसफाई गरिएको हो ।

जिल्ला भू–संरक्षण कार्यालय,जिल्ला वन कार्यालय, जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय,गैरसरकारी संस्थाहरु र हिमालयन संरक्षण संस्थाले व्यवस्थापन गरेको सरसफाइ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य लगायत विभिन्न कार्यालयका प्रमुख, प्रहरी, स्थानीय बासिन्दा, संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।DSC02629

सडक, नाली र नदी किनारमा फालीएको फोहोर व्यवस्थापन गर्नुका साथै स्थानीय बासिन्दालाई फोहोर नगर्न अनुरोध गर्दै फोहोर फाल्नेलाई जरिवाना हुने कानुनी ब्यवस्था रहेको बारेमा सचेत बनाइएको थियो ।DSC00667
यसै विच हिमालयन संरक्षण संस्थाले वास पत्रकार मञ्चलाई सरसफाइमा प्रयोग हुने १० थान वाल्टिन र दुइसय जोडी पञ्जा उपलब्ध गराएको छ ।DSC02634सरफाईपछि जिल्ला वन कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवाल र जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले दिगो विकासका लागि वन तथा वातावरण संरक्षणको आवश्यकता रहेको बताउनुभयो ।

म्याग्दीमा सरोकारवाला सरकारी कार्यालय र विभिन्न संघ संस्थाको सहभागितामा जेठ २९ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरेर विश्व वातावरण दिवस र सरसफाई सप्ताह मनाउन लागिएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।