विकल्प न्यूज/बेनी
म्याग्दी २२ जेठ ।
म्याग्दीको देविस्थानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । देविस्थान ८ रुन्मामा शुक्रबार साँझ परेको चट्याङ्ले लागेर स्थानीय १० वर्षिय दिपक फगामीको मृत्यु भएको हो ।
छिमेकी मनप्रसाद फगामीको घरमा खेल्न गएका दिपकको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दा ओमबहादुर पुनले जानकारी दिनुभयो । चट्याङ लागेर मनप्रसाद फगामीको घरमा पालेको एक वटा बाख्रा पनि मरेको छ ।