सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ जेठ ।
धौलागिरी हिमाल आरोहणका लागि आएका एक जना बिदेशी पर्यटक दुई हप्तादेखि सम्र्पक बिहीन भएका छन् ।
म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी आधार शिवीरबाट ईटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षिय क्रिस्टन विईलसन सम्र्पक बिहीन भएका हुन् । चार जना जोर्डन र अमेरीकनसंगै आरोहणका लागि धौलागिरी आधार शिवीर पुगेका विईल्सन जेठ ४ गतेदेखि सम्र्पकमा छैनन् । ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलीकप्टर परिचालन गरेर खोजी गरेपनी फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । संगै गएका जोर्डन र अमेरीकाका नागरीक आरोहण गर्न नसकेर फर्कीएपनि उनि एक्लै आधार शिवीरमा बसेका थिए ।
मे १७ तारीखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनि त्यसयता सम्र्पकमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यहरुले अपिल गरेका छन् ।