ताजा समाचार:
Search

बेनीमा लेखा तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ जेठ ।
म्याग्दीका सरकारी कार्यालयको लेखा शाखामा कार्यरत कर्मचारीहरुका लागि आयोजित आधारभुत लेखा तालीम बुधबारदेखि बेनीमा सुरु भएको छ ।

सार्वजनीक खर्च तथा वित्तिय उत्तरदायीत्व जिल्ला स्तरीय पेफा कार्यान्वयन ईकाई म्याग्दीले आयोजना गरेको तालीम तिन दिनसम्म चल्ने जनाइएको छ । तालीमको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभएको थियो ।

लेखा अधिकृत, लेखापाल र सहायक लेखापाल तथा ईकाईका सदस्यहरु गरि ३० जना भन्दा बढीको सहभागिता रहेको तालीममा पेफाको अन्तराष्ट्रिय मापदण्ड अनुसार कसरी सरकारी खर्चको ब्यवस्थापन गर्ने भन्ने विषयमा सहजिकरण गरिने जनाइएको छ ।DSC01649

तालीमको महालेखा नियन्त्रकका लेखा अधिकृत पृथ्वीराज भुषाल लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ । कोष तथा लेखा नियन्त्रक युवराज पौडेलको अध्यक्षता, कोलेनीकाका नारायणप्रसाद सुवेदीको सञ्चालन र सहायक प्रजिअ यादवनाथ आचार्यको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच सहभागिहरुले तालीमलाई ‘आधारभुत लेखा तालीम’ नाम दिइएकोमा भने आपत्ती र असन्तुष्टि जनाएका छन् । लोक सेवा आयोगको परिक्षा उतिर्ण गरेर आवश्यक तालीम लिएका र बर्षौको लेखा अनुभव हाँसील गरेकाहरुका लागि आयोजित तालीमलाई आधारभुत लेखा तालीम भन्नुले आफूहरुको योग्यता र क्षमत्ताको अपमान भएको गुनासो गरेका छन् ।