ताजा समाचार:
Search

प्रेस चौतारी अधिबेशन बहश ः दुर्गाको जित नै मोफसल पत्रकारिताको जित

विकल्प न्यूज/पर्वत
बैशाख ३१ गते ।
सत्तारुढ दल नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको आठौं केन्द्रिय अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीको सक्रियता पनि बढेको छ । आगामी जेठ ६,७ र ८ गते काठमाडौंमा हुने अधिवेशनबाट चौतारीको नेतृत्व लिनका लागि चार जना आकांक्षी सक्रिय भएर लागेका छन । त्यसमा सबैभन्दा बलियो दाबेदारको रुपमा अहिलेका बरिष्ठ उपाध्यक्ष तथा मोफसलबाट पत्रकारीतालाई उचाई दिन सफल पर्वतका दुर्गा प्रसाद शर्मा रहेका छन् ।durga 2
चौतारीको महाधिवेशनका लागि गत शनिबार धेरै जिल्लाा शाखा र प्रतिष्ठानमा प्रतिनीधि चयन भएपछि नेतृत्व आफ्नो पक्षमा पार्न दौडधुप चलेको छ । आगामी नेतृत्वका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, उपाध्यक्ष उपेन्द्र केसी, महासचिब माधव नेपाल र सल्लाहकार गणेश बस्नेत दौडधुपमा लागेका छन ।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भटटराई तथा उपप्रमुख सूर्य थापाले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि सर्वसम्मतिको संभावना न्युन रहेकोले निर्वाचन हुने पक्कापक्की जस्तै छ । यसरी हुने निर्वाचनमा हालका बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद शर्माको बिजय लगभग निश्चित जस्तै पनि छ । प्रेस चौतारीको लामो ईतिहासमा शर्मा मोफसलमा रहेका दरिलो पत्रकारिता गरेको एक इमान्दार उमेद्बार हुन ।
निर्वाचनमा जाँदा नेकपा (एमाले) को जनवर्गीय संगठनका रुपमा रहेको प्रेस चौतारीको नेतृत्वका लागि पार्टीका नेता र गुटको आशिर्वाद चाहिने भएपनि आफ्नो गुटबाट अनुमोदन हुने र गुटबाट अनुमोदन नभएको अवस्थामा समेत स्वतन्त्र ढंगबाट सम्मेत उम्मेदवार हुने बताउँदै प्रतिनिधीलाई आफ्नो पक्षमा पार्न आकांक्षीहरु सक्रिय छन । व्यबसायिक र राजनैतिक एजेण्डा सहित संगठनलाई बलियो बनाउने आफ्ना दाबी र योजनाहरु सहित प्रतिनीधिसंग मत मागेको आकांक्षीहरुको भनाई छ । आठौं अधिवेशनमा देशभरबाट ६ सय भन्दा बढी प्रतिनिधीले भाग लिदैछन । यस्तो अबस्थामा अध्यक्षका प्रत्यासीहरु बढ्ने कुरा निश्चित भएपनि बरिष्ठ उपाध्यक्षको हैसियतमा रहेका दुर्गा प्रसाद शर्माको उमेद्वारीलाई बलियो रुपमा हेरीएको छ । शर्माले भने मेरो लागि प्रेस चौतारीमा यो नै अन्तिम मौका हो । म अध्यक्षमा उठिन भने अन्य कुन कमिटीमा बस्ने त्यसैले मेरो लागि यो अनिवार्य भएकोले उम्ेदवारी रहेको बताए । प्रेस चौतारीमा शर्मा सबैभन्दा बलिया उमेद्वार हुन ।
प्रेस चौतारीको केन्द्रिय समितिमा वरिष्ठ उपाध्यक्ष रहेका दुर्गाप्रसाद शर्मा नेतृत्वका एक जना बलिया उमेद्बार । संगठनमा उनी बलिया पनि मानिन्छन् । मोफसलमा बसेर वरिष्ठ उपाध्यक्ष सम्म भएका शर्माले आफू कुनै पनि हालतमा पछि नह्टने अडान सहित दौडधुपमा छन ।durga
प्रेस चौतारी पर्वतको संस्थापक सचिव तथा नेपाल पत्रकार महासंघ पर्वतको संस्थापक उपाध्यक्ष समेत रहेका शर्मा अहिले पत्रकार महासंघ पर्वतको अध्यक्ष समेत छन । वरिष्ठ उपाध्यक्ष भएको ब्यक्ति जिल्ला अध्यक्ष भएको भन्दै आलोचना भएपछि उनले प्रेस चौतारीमा पत्रकार महासंघ पर्वतको अध्यक्षबाट राजिनामा समेत बुझाइसकेका छन ।
स्थानीय कालीगण्डकी दैनिकका सम्पादक रहेका शर्मा नेपाल समाचारपत्र, उज्यालो ९० नेटवर्क, न्युज २४ टेलिभिजनमा समेत आबद्ध छन । मोफसलमा बसेरै प्रेस चौतारीको तीन कार्यकाल केन्द्रिय सदस्य, पश्चिमाञ्चलबाट उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष भएका शर्मा अध्यक्ष बाहेक अन्य बिकल्प आफ्नो लागि नभएको बताउँदै आएका छन । शर्माले यसभन्दा अगाडीका अधिवेशनहरुमा पनि लोप्रिय मत पाएका थिए ।

उनलाई मोफसल र बिभिन्न संचार माध्यमको नेटवर्क मार्फत आफ्नो पक्षमा मत प्रभाबित गर्न सक्ने उम्मेदवारका रुपमा लिइन्छ । अहिलेको कमिटीमा सबैभन्दा पुरानो र तल्लो तह देखि नै निरन्तर नेतृत्वमा रहेका कारण उनी सबैभन्दा बलियो उम्मेदवारको रुपमा प्रतिनिधीका बीचमा पुगेका छन ।
बुटवलमा भएको छैठौ महाधिबेशनमा पश्चिमाञ्चालको उपाध्यक्ष हुँदा देशभरबाट भएको मतदानमा झण्डै ८० प्रतिशत मत प्राप्त गर्नु तथा पुर्वाञ्चलमै भएको सातौ अधिबेशनमा चार जना उम्मेदवारलाई पछि पार्दै बरिष्ठ उपाध्यक्ष बनेका कारण उनको पक्षमा लोकप्रिय मत रहेको दाबी छ । ४ नम्बर प्रदेशबाट उनी मात्रै अध्यक्षका उम्मेदवार हुनु र बाँकी तीन जना ३ नम्बर प्रदेशकै हुनुले पनि क्षेत्रिय र स्थानिय मत उनको पक्षमा जाने देखिन्छ ।

धौलागिरी अञ्चलमा भेला गरेरै उनलाई अध्यक्ष बनाउन त्यस क्षेत्रका पत्रकार सक्रिय छन भने पर्वत जिल्ला शाखाले अध्यक्षको रुपमा अघि बढाउन औपचारिक निर्णय समेत गरेको छ । साथै पश्मिाञ्जल क्षेत्रमा पनि शर्मालाई एकलौटी जस्तै मत पर्नेमा कुनै दुबिधा नरहेको जानकारहरु बताउँछन् । उनी राजनैतिक रुपमा अखिलका पर्वतका दुई पटकका अध्यक्ष समेत हुन
। लामो समय सम्म शर्माका भाई विरामी भएकाले उनी काठमाण्डौं जान नसके पनि मोफसलबाट पत्रकारिता गर्नु पनि शान हो भन्ने बनाउने कुरामा उनलाई निकै सम्मानको साथ हेरिन्छ । शर्मा मोफसलमा श्रमजीवि पत्रकारहरुले चलाएका अखबारहरुकालाई संस्थागत र बलियो बनाउनका लागि निरन्तर क्रियाशिल छन् । पारिवारीक रुपमा निकै पीडामा रहेका शर्मा आफ्ना सबै पीडाहरुलाई भुलेर पनि संगठनको लागि काम गर्न सक्ने एक कुशल नेतृत्वमा उदाएका कारण उनलाई असफल बनाउन अनेकन हतकण्डा हुने कुरामा दुविधा छैन । उनको पक्षमा चौतारी भित्रका मात्रै होईन चौतारी बाहिरका पत्रकारहरु समेत खुलेर नै लागेका छन् यस कारण यसपालि मोफसलमा पत्रकारिता गरेको पत्रकारको शान दुर्गा प्रसाद शर्मा रहेको सबै बुझाई छ । चौतारीमा शर्माको जित मोफसलको पत्रकारिताको पनि जित भएको पत्रकारहरु बताउँछन् । साभारः सूचना केन्द्र डट कम