धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,बैशाख ३१ गते ।
अनेरास्वीयू क्रान्तिकारी म्याग्दीले निजी विद्यालयको अनुगमन र नियमन गर्न माग गरेको छ । निजी विद्यालय सञ्चालनको मापदण्ड र शुल्क लगायतका विषयमा अनुगमन गर्न माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
संगठनका अध्यक्ष सुदिन पौडेल नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्रालय र विद्यार्थी संगठनहरुबीच भएको सहमती अनुसार संयुक्त अनुगमन टोली गठन गरि जिल्लामा पनि सो सहमती कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रजिअ केशवप्रसाद आचार्य र जिशिअ रामप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्य र जिशिअ अधिकारीले निजी विद्यालयको अनुगमन समिति गठन गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।