विकल्प न्यूज/बेनी
म्याग्दी,बैशाख ३१ गते ।
बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका धौलागिरि नौमती बाजा समुहले यूकेले आर्थिक सहयोग गरेको छ । समुहले उपलब्ध गराएको ३५ हजार शुक्रबार एक कार्यक्रमका बिच पत्रकार हरिकृष्ण गौतमले ओमकुमारी शान्ती कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् ।
लोपउन्मुख नौमतीर पन्चे बाजाको संरक्षणका लागि यूकेमा सन् २००९ मा धौलागिरि अञ्चलको म्याग्दी, पर्वत र बागलुङका बासिन्दाले स्थापाना गरेको समुहमा आवद्ध रहेका सदस्यले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका नेपालीलाई सहयोग गदैं आइरहेको समुहका अध्यक्ष अमृत गर्बुजा मगरलाई उद्धित गदैं पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । हालै पोर्चुगलमा म्याग्दी समाजले आयोजना गरेको कार्यक्रममा सहभागि भएर फर्किएको समुहले म्याग्दी जिल्लालाई फ्रि वाईफाई बनाउने अभियानलाई सघाउन पोर्चुगलमा समेत सहयोग गरेको समुहका कोषाध्यक्ष इन्द्रमान खोरजाले बताए ।
कक्षा ५ मा अध्ययरत थापाको मुटुमा प्वाल परेपपछि उपचारका ओमकुमारी शान्ती कोषका सदस्य सन्तोष रावलको संयोजकत्वमा आर्थिक संकलन भइरहेको छ । नेपाली कला र संस्कृतिको संरक्षणमा जुटेको समुहले च्यारेटी, विवाह, ब्रतबन्ध, उत्सवका साथै विभिन्न कार्यक्रमम नौमती÷पन्चे बाजा बजाउन गरिएको छ । बाजा बजाएमार्फत संकलन भएको रकमबाट आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकको उपचारमा खातामा रहेको रकमबाट पचास पाउण्डदेखी माथि सहयोग गर्ने गरिएको छ ।