ताजा समाचार:
Search

म्याग्दीका व्यवसायीलाई कर शिक्षा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ बैशाख ।
म्याग्दीका उद्योगी व्यवसायीहरुलाई शुक्रबार बेनीमा कर शिक्षा प्रदान गरिएको छ ।
कर सम्बन्धि नीतिगत ब्यवस्थाको बारेमा उद्योगी व्यवसायीलाई जानकारी गराएर कर तिर्न आकर्षित गर्ने र प्रक्रियाको बारेमा जानकारी नहुँदा उत्पन्न हुने झञ्जट हटाएर कर भुक्तानीमा सहज वातावरण बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।DSC01398

 

आन्तरीक राजस्व कार्यालय पोखरा र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधीकारी, सदस्य सहित जिल्लाका उद्योगी व्यवसायी गरि दुई सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कर सम्बन्धि भएका व्यवस्था, कर तिर्ने प्रक्रियाका बारेमा अन्तरक्रिया गरिएको थियो । आन्तरीक राजस्व कार्यालय पोखराका मुख्य कर अधिकृत लेखनाथ शर्मा र करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत डिल्लीराम पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

मुख्य कर अधिकृत शर्माले कर नतिरेर आर्जन गरेको सम्पत्तीको सामाजिक मूल्य नहुने भएकाले सबैलाई करको दायरामा आउन आग्रह गर्नुभयो । उहाँले हुण्डी र झोलामा बोकेर नभई बैंक मार्फत कारोबार गर्न व्यवसायीलाई सुझाव दिनुभयो । न्युनीबिजकीकरणको समस्याप्रती सचेत रहन आग्रह गर्दै म्याग्दीबाट घरबाहल कर न्युन मात्रामा संकलन भएकाले करको दायरामा आउन घरधनीहरुलाई अधिकृत शर्माले आग्रह गर्नुभएको छ । DSC01394
सहभागी उद्योगी, व्यापारीहरुले जिल्लाबाटै कर तिर्ने ब्यवस्थाका लागि जिल्लामै कर कार्यालय स्थापना गर्नुपर्ने माग गरेका थिए । साथै उनिहरुले कर तिर्नका लागि सहज वातावरण बनाउन राज्यका निकायसंग अनुरोध गरेका थिए । व्यवसायीले डर, त्रासमा नभई स्वच्छीक रुपमा कर तिर्ने वातावरण बनाउनुपर्ने उनिहरुको भनाई थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वगत र महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रमोद श्रेष्ठ, दिपक लम्साल, निर्माणकुमार श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको थियो ।