ताजा समाचार:
Search

डढेलो लगाउने विरुद्ध मुद्दा दर्ता

विकल्प न्यूज/बेनी
म्याग्दी ३१ बैशाख ।
म्याग्दीको बाबियाचौर २ सिमलचौरको वन क्षेत्रमा डढेलो लगाउने विरुद्ध बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

डढेलो लगाएको विषयमा स्थानीय बासिन्दाले दिएको किटानी जाहेरीको आधारमा बैशाख २६ गते पक्राउ परेकी सिमलचौरकी तारा खड्का विरुद्ध मुद्दा दर्ता गरीएको जिल्ला वन कार्यालयले जनाएको छ ।aago lagi 2

वन ऐन २०४९ अनुसार खड्का विरुद्ध मुद्दा दर्ता गरिएको र २८ हजार रुपैयाँ घरौटी बुझाएर पुर्पक्षका लागि रिहा हुनुभएको ईलाका वन कार्यालय बाबियाचौरका सहायक वन अधिकृत लोमनाथ तिम्सीनाले जानकारी दिनुभयो । वन ऐन २०४९ मा डढेलो लगाउनेलाई दश हजार जरिवाना, क्षत्ती भएको विगो असुल उपर गर्ने र एक वर्ष कैद हुने कानुनी ब्यवस्था रहेको छ ।