ताजा समाचार:
Search

पर्वतमा पर्यटन प्रवद्र्धनका नाममा लाखौ रुपियाँ स्वाहा

विकल्प न्यूज/पर्वत rafting-1
बैशाख २८ गते ।

पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले कालीगण्डकी नदीमा जलयात्रा तथा मोजमस्ती गरेर सकेका छन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय र केही संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपियाँ केही सीमित व्यक्तिहरु कालीगण्डकीमा ¥याफ्टिङ गरेर सकेका छन् ।

जिल्लाका केही राजनीतिक दल, जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी, जिल्ला विकास समितिका पर्यटन हेर्ने कर्मचारी र उनीहरुका परिवार, उद्योग बाणिज्य संघका केही पदाधिकारी र पर्यटन सम्बन्धी गैर सरकारी संस्था पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका पदाधिकारी र उनीहरुका आफन्त लगातयकाले जिल्लामा पर्यटन प्रवद्र्धनकाका नाउँमा आँफूहरुले मोजमस्ती गरेर रकम सकेका हुन् । जलयात्रामा ३४ जनाले सरकारी रकम प्रयोग गरेर दुरुपयोग गरिएको छ ।
kali-gandaki-river-rafting14(1)
दुई दिनसम्म भएको जलयात्रामा एक जनाको खाना बाहेक १० हजारका दरले तीन लाख ४० हजार रुपियाँ  खर्च भयो । कालीगण्डकी नदीमा प्रत्येक वर्ष सयौं विदेशी पर्यटकहरुले साहसिक जलयात्रा गर्ने गरेको भएपनि कति पर्यटकले यात्रा गर्छन् भन्ने कुनै निकायसँग तथ्याङ्क छैन तर प्रवद्र्धन भन्दै विगत तीन वर्षदेखि डेढ करोड रुपियाँ खर्च भईसकेको छ । ‘कालीगण्डकी नदीका धेरै ठाउँमा ठूला ठूला ढुंगाहरुका कारण बीच बीचमा झरेर जानुपर्ने भएकाले ती ढुंगाहरु फुटाउन सकेको भए त्यसले सहज हुने थियो’ स्थानीय व्यवसायी देब रेग्मीले भन्नुभयो–‘त्यसका साथै केही ठाउँहरुमा बस्ने ठाउँहरु पनि व्यवस्थित गर्नु जरुरी छ ।’
विशेष गरेर कालीगण्डकी नदीमा भएका आकर्षक दृश्य तथा छालहरुले गर्दा विदेशी पर्यटकको मुख्य केन्द्र मानिने भएपनि भौतिक पूर्वाधारको विकास हुन नसक्दा अपेक्षाकृत फाईदा हुन सकेको छैन । कालिगण्डकीको ¥याफटिङलाई व्यवस्थित बनाउन कुनै पनि निकायले प्रभावकारी काम गर्न सकेको छैन तर प्रत्येक वर्ष यसरी नै रकम सकिने गरेको छ  अर्का स्थानीय व्यवसायी राजु पौडेलले गुनासो गर्नुभयो ।

गर्मी मौसम शुरु भएसँगै अहिले कालीगण्डकी नदीमा जलयात्रा (¥याफटिङ्ग)का पर्यटकको घुईँचो लाग्न शुरु भइसकेको भएपनि जलयात्राका विषयमा जिल्लाका कुनै निकायले ध्यान दिएको छैन तर प्रत्येक वर्ष त्यही निहुँमा पैसा सकिने गरेको छ । यसरी भएको अनियमितता समेत कसैले खोजी गरेको छैन ।

यता वर्षेनी लाखौं रुपियाँ खर्च गर्ने जिल्ला विकास समितिले प्रवद्र्धनका बारेमा कुनै काम गरेको छैन र जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी युवराज पौडेलले यस बारेमा केही थाहा नभएको बताउनुहुन्छ । मलाई यस विषयमा केही थाहा छैन उहाँले भन्नुभयो अब कुनै निकायसँग सहकार्य गरेर राख्ने व्यवस्था मिलाउँछौं । गोरखापत्र अनलाइनबाट