सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ बैशाख ।
पश्चिम म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
दरवाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट ४ कोदालीवाङको भिरबाट खसेर दुर्घटना हुँदा जिपका चालक सहित चार जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा चालक ताकम ८ शिवाङका अन्दाजी ४५ वर्षिय मनबहादुर छन्त्याल, निस्कोट ६ की २२ वर्षीया चुईया बि.क, ४० की भौमती वि.क, १३ वर्षिया स्यानुकाली बिक र निस्कोट ८ की ३० वर्षिया दिलसरी पुन रहेका छन् ।
घाइते भएका निस्कोट ९ का २४ वर्षिया सविता बिक, निस्कोट ६ का १४ वर्षिय सविन गोतामे, निस्कोट २ की २२ वर्षिय भुमिका पुन, उनकी ६ महिनाकी छोरी र निस्कोट ७ का २८ वर्षिय तुलमान पुनलाई दरवाङ प्राथमिक उपचार केन्द्रमा प्रारम्भिक उपचार पछि बेनी ल्याइएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।
स्थानीय बासिन्दाले दुर्घटना भएपछि प्रहरीलाई खबर गरेर घाईतेलाई उद्धार गरि दरवाङ पठाएका घटनास्थल पुगेका नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखा सभापति मोतिराज गौतमले बताउनुभयो । दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी र स्थानीय बासीन्दाले घटनास्थलबाट शव उठाएर पहिचान गरेका थिए ।
उकालो र साघुँरो सडकबाट जिप करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी घनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार घुम्तीमा जिप टर्नीङ गर्न नसकेर ब्याक भई खसेको थियो ।
2 thoughts on “निस्कोट जीप दुर्घटना अपडेट ः मृतक र घाइतेको सनाखत”