ताजा समाचार:
Search

म्याग्दीमा कृषि र पशु सेवा कार्यालयमा १३ जना जनशक्ति थपीदै

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ बैशाख ।
म्याग्दी स्थित जिल्ला कृषि विकास र पशु सेवा कार्यालयमा यस वर्ष १३ जना नयाँ जनशक्ति थप हुने भएको छ ।

सरकारको ‘एक गाउँ एक कृषि प्राबिधिक’ कार्यक्रम अन्तरगत पहिलो चरणमा म्याग्दीका पाँच गाविसमा कृषी र सात गाविसमा पशु स्वास्थ्य प्राबिधिक परिचालन गर्ने तयारी भएको हो । करारमा प्राबिधिक छनौटका लागि आवेदन संकलन गरिरहेका दुई वटै कार्यालयले जेठ दोस्रो हप्तासम्म कार्यक्षेत्रमा खटाउने योजना बनाएका छन् ।kirshi office

कृषि विकास कार्यालयले ओखरबोट, लुलाङ, दग्नाम, राम्चे र मराङ गाविसमा पाँच जना नायव प्राबिधिक सहायक (जेटिए) खटाउने योजना अधिकृत ज्योती क्षेत्रीले जानकारी दिनुभयो । कृषि विकास कार्यालय र मातहतका ६ वटा सेवा केन्द्र तथा दुई वटा सम्र्पक स्थालमा ४२ जना जनशक्तिको व्यवस्था भएपनि हाल ३२ जनामात्रै कार्यरत छन् ।

यसैगरी पशु सेवा कार्यालयले दोवा, चिमखोला, राम्चे, गुर्जा, मल्कवाङ, रुम र बरङ्जा गाविसमा नायव पशु स्वास्थ्य र सेवा प्राबिधिक छनौट गरेर पठाउने तयारी गरेको पशु विकास अधिकृत नरबहादुर बानियाले जानकारी दिनुभयो ।

विभिन्न तहका ४६ जना प्राबिधिक जनशक्तिको दरबन्दिर रहेको पशु सेवा कार्यालय र मातहतका ११ वटा सेवा केन्द्रमा हाल ३२ जना मात्रै कार्यरत छन् । न्युन जनशक्तिका कारण कृषकको घरदैलोमा पुगेर कृषि प्राबिधिक सेवा पु¥याउन कठिनाई भैरहेको अवस्थामा प्रत्येक गाउँमा प्राबिधिक परिचालन गर्ने सरकारको योजनाले राहत मिल्ने कृषकहरुले अपेक्षा गरेका छन् ।