विकल्प न्यूज /बेनी
म्याग्दी २७ बैशाख ।
म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् ।
दरवाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट ४ कोदालीबाङ भन्ने ठाउँको भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक सहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी ल्याउदै गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।
स्थानीय बासिन्दाले दुर्घटनाको जानकारी गराए लगत्तै उद्दार गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी र उद्धार टोली घटनास्थलतर्फ गएका छन् । मृतकहरुको पहिचान खुलेको छैन् । घटनास्थलको प्रकृती हेर्दा घुम्तीमा जिप टर्नीङ गर्न नसकेर ब्याक भई करिब पचास मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय बासिन्दा बेदप्रसाद सुेवदीले बताउनु भयो ।