विकल्प न्यूज/बेनी
बैशाख २७ गते । म्याग्दीको निस्कोट गाविसको कोदालीबाङ भन्ने स्थानमा भर्खर ग १ झ ५१०३ नम्बरको जिप दुर्घटनामा परेको छ ।
जिल्लाको पश्चिम दरवाङ बजारबाट निस्कोट गाविसका लागि हिडेको वोलेरो जिप निस्कोट ४ कोदालीवाङमा सडकबाट ४० मिटर तल खस्दा घटनास्थलमा चार जनाको मृत्यू भएको दरबाङका स्थानीयवासी सन्तोस सुवेदीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली अहिले उद्दारका लागि घटनास्थल तर्फ हिडेको छ । जिपमा ९ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।