ताजा समाचार:
Search

म्याग्दीमा बालअधिकारको अवस्थाका विषयमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ बैशाख ।
म्याग्दीका सरोकारवालाहरुबीच आईतबार बेनीमा बालअधिकारको संरक्षण र बालबालीकाको अवस्थाका विषयमा छलफल भएको छ ।

जिल्ला बालकल्याण समितिको आयोजनामा समितिका पदाधीकारी, राजनितिक दल, बाल सञ्जाल, बालसंगठन लगायत सम्बद्ध क्षेत्रमा क्रियाशिल संघ संस्था, सुरक्षा निकाय र पत्रकारहरुबीच बालअधिकारको अवस्था, अधिकार संरक्षणका लागि भएका पहल, योजना र चुनौतीको विषयमा छलफल भएको थियो ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीको उपस्थितीमा भएको कार्यक्रममा जिल्ला बालकल्याण अधिकृत मिठू आचार्यले म्याग्दी जिल्लाका बालबालीकाको बस्तु स्थितीको बारेमा जानकारी गराउनुभएको थियो ।DSC01172

कार्यक्रममा सहभागिहरुले बालबिवाह, बालश्रम, विद्यालय क्षेत्रमा सञ्चालन हुने मेलाजात्रा, बालमैत्री भौतिक संरचनाको अभाव, गरिबी र अभिभावकमा चेतनाको कमी म्याग्दीमा बालअधिकारको संरक्षणमा चुनौती रहेको बताएका थिए ।

उनिहरुले बालअधिकारको संरक्षणका लागि सचेतना र सन्देशमुलक कार्यक्रमको साथै जोखिममा रहेका बालबालीकाको उद्धार र पुर्नस्थापनाको योजना आवश्यक रहेको बताएका छन् ।
केन्द्रिय बालकल्याण समितिका अध्यक्ष गिरीलाई सोही अवसरमा जिल्ला बाल सञ्जालका सचिव रञ्जना श्रेष्ठले हालै सार्वजनीक गरिएको दश बुदे घोषणापत्र कार्यान्वयनका लागि अनुरोध गर्दै जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समितिका अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समितिका सदस्य सुर्दशनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।