सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ बैशाख ।
बेनीमा आईतबार कवि भुपेन्द्र खड्का (भुपिन)संग अन्तरसम्वाद तथा कृती बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
बेनीको न्यु वेष्ट प्वाईन्ट उच्च माध्यमीक आवासीय विद्यालयको आयोजना र म्याग्दी साहित्य सञ्चारद्धारा प्रकाशित बुलबुल साहित्यीक पत्रीकाको सहआयोजनामा वेष्ट प्वाईन्ट सभाहलमा कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा कवी भुपीनले कवीता बाचन गर्नुका साथै विद्यार्थीहरुसंग अन्तरसम्बाद गर्नुभएको थियो । सोही कार्यक्रममा कवि भुपिनले साहित्यकार लोकनाथ भुषाल (घायलश्री)को कथा संग्रह (पूर्वी)को विमोचन गर्नुभयो ।
कथा मार्फत साहीत्यकार भुषालले सामाजिक विसंगतीलाई उजागर गर्ने प्रयास गर्नुभएको छ । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्माले कथाको समालोचना गर्नुभएको थियो । यसैगरी सर्जक भुषाल र म्याग्दी साहित्य सञ्चारका सचिव सन्दिप खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
न्यु वेष्ट प्वाईन्ट एजुकेशन फाउण्डेशनका सञ्चालक सदस्य सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता, प्राचार्य गंगाप्रसाद खतीवडाको स्वागत मन्तब्य र शिक्षक कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा म्याग्दीका साहित्यकारहरुको पनि उपस्थिती रहेको थियो ।