नविन जिसी/विकल्प न्यूज
पर्वत बगरफाँट,बैशाख २५ गते ।
पर्वतको मल्लाज माझफाँट ७ र ८ मा रहेको बगरफाँट आमा समूहको पाँचौ साधारणसभा तथा तेस्रो साधारणसभा शनिबार पञ्चमाया पुनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
समूहको उपाध्यक्षमा मनिषा पुन, सचिवमा धनकुमारी मगर, कोषाध्यक्षमा पोमाया पाईजा, सहसचिवमा देवी पाईजा, सहकोषाध्यक्षमा खिममाया पुन चयन भएका छन् । यसैगरी सदस्यहरुमा छकदेवी थजाली, मिना रामदाम, भगवती शर्मा, नौदेवी गर्बुजा, गंगा शर्मा, पुनम पुर्जा, मनकुमारी पुर्जा, पविता पाईजा, लिला थापा र सुकमाया पुन रहेका छन् ।
सुनिता जिसीको अध्यक्षता, पञ्चमाया पुनको सञ्चालन, देवी पाईजाको स्वागत र महिला विकास उत्थान केन्द्र पर्वतका अध्यक्ष मिना केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नविन जिसी, खगेन्द्र जिसी, मुकुन्द शर्मा, शान्ति पुन, चन्द्रबहादुर खत्री, रवी भण्डारी, भिष्म मल्ल, लोकनाथ रेग्मी, गंगाबहादुर नेपाली, डिलबहादुर बरुवाल, चन्द्रबहादुर जिसी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो कार्यक्रममा बगरफाँटका अशक्त जेष्ठ नागरीक उमराज बिकलाई र संस्थापक अध्यक्ष शान्ति पुनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।