पहिरोमा परेर रुममा एकजनाको मृत्यु

विकल्प न्यूज/बेनी
असोज ८ गते ।

फाइल तस्विर

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटना स्थलमै मृत्यु भएको हो ।

मालिका गाउँपालिका –२, बेलीका बिक काेठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको मालिका गाउँपालिका २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो पहिरोमा परेको थाहा पाए पछि डोजर लगाएर खोजी गर्दा मृत अवस्थामा विकको शव भेटिएको थियो ।