ताजा समाचार:
Search

बेनपा १ मा एमाओवादीको वडा समिति गठन

विकल्प न्यूज/बेनी
बैशाख १२ गते ।
एकिकृत नेकपा माओवादीको बेनी नगरपालीका १ को वडा सम्मेलनले सेते किसानको अध्यक्षतामा दुई सदस्य पछि थप गर्नेगरी १५ सदस्यीय वडा कमिटि गठन गरेको छ ।maost

कमिटिको उपाध्यक्षमा बाबुराम बोगटी, सचिवमा ओमबहादुर रोका, सहसचिवमा रेशमबहादुर बोगटी र कोषाध्यक्षमा कबिराज थापा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मण किसान, जंगबहादुर थापा, गोकुल रोका, नरसिङ गिरी, तेजबहादुर किसान, शेरबहादुर पुन, मनरुपा किसान र अमृता खड्का चयन हुनुभएको छ ।

सेते किसानको अध्यक्षता, एकिकृत नेकपा माओवादीका जिल्ला सहईञ्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यता, ओमबहादुर रोकाको सञ्चालन, जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, कोषााध्यक्ष शेरबहादुर केसी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष चिरिञ्जिवी बोगटीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।